काठमाडौँ । भान्छामा दैनिक प्रयोग हुने तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा तरकारीको थोक मूल्यमै २ सय प्रतिशतभन्दा बढीको वृद्धि देखिएको हो । समितिले गत वर्ष र यस वर्षको वैशाख १० गतेको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशतदेखि अधिकतम २२४ प्रतिशतसम्म मूल्य बढेको…