बुढानीलकण्ठ ६ मा अटिजम विशेष विद्यालय भवनको शिलान्यास

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ६ ले विशेष आवश्यकता भएका बालबालिकाहरूको शिक्षालाई प्राथमिकता दिँदै अटिजम विशेष विद्यालय भवनको शिलान्यास गरेको छ। शुक्रबार एक विशेष कार्यक्रमका बीच स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानीलकण्ठ भन्ने नारालाई आत्मसाथ गर्दै विद्यालय भवनको जग बसालिएको हो। नगरपालिकाले सामाजिक समावेशीकरण र अपाङ्गता भएका बालबालिकाहरूको उज्यालो भविष्यका लागि यो महत्वपूर्ण कदम…